अध्यक्षको शुभकामना सन्देश
ग्रीनहोप प्रोस्पेक्टिभ एस.डि.एन वि.एच.डी
९ढद्धण्ठढद्ध(ब्० मलेसिया २०११ स्थापनाको पावन अवसरमा सबैमा
ग्रीनहोपमय अभिवादन टक्रयाउन चाहन्छु ।
ग्रीनहोप इन्टरनेशनलको प्रमुख उद्देश्य भन्नु, नविन व्यापारिक
अवधारणाबाट नेपाली र विश्व समुदायको उत्कृष्ट स्वास्थ्य, सौन्दर्य साथै
आर्थिक सबलता, सम्पन्नता अनि सिर्जनशील र सुन्दर विश्व समाज
निर्माणको परिकल्पना हो । हामी मानव सञ्जालको सफल प्रयोग र पद्दतिद्वारा
सशक्त स्थायी मानव जीवनलाई सुःखी, खुःशी राख्न चाहन्छौं । अस्थायी
प्रलोभन साथै बाहिरी आडम्बर, देखावटी र असत्यका विरुद्ध व्यवहारिक
सत्य, दुरगामी, परिणाममा आधारित व्यवसायिक अभियान संयुक्त प्रयास
तथा अथक परिश्रम र सम्पूर्ण त्याग उपलब्धीको मूल मान्यता हो ।
आपसी सहयोग र एकता जीवन विकासको अनिवार्य शर्त र नियम हुन् ।
ग्रीनहोप इन्टरनेशनल यही तथ्य, सत्यको जगमा उभिएर आर्थिक तथा
समय स्वतन्त्रताको महायज्ञमा निरन्तर क्रियाशील, कटिवद्ध र प्रतिवद्ध
रहदै आएको छ । मलेसियामा परदेशी जीवन बिताउन विवश सम्पूर्ण
दाजुभाइ दिदीबहिनीहरुमा हामी स्वागत गर्न चाहन्छौं । आउनुहोस आफ्नो
स्वभिमानी अन्तर हृदयबाट यस अभियानलाई सिञ्चित गरौं, सार्थक लक्ष्य
प्राप्त गर्न हामी महान आर्थिक स्वतन्त्रताको मूल धारमा सुत्रवद्ध हौं । मानव
जातिको कल्याणकारी कार्यमा पवित्र आत्माबाट जुटौं, अस्थायी प्रकृतिको
जीवनबाट मुक्त भई स्थायी जीवनको लागि ग्रीनहोप प्रोस्पेक्टिभ यस.डि.यन
वि.एच.डी मा आवद्ध हुन अपिल गर्दछौं । धन्यवाद ।
तेजबहादुर गुरुङ
अध्यक्ष
ग्रीनहोप इन्टरनेशनल नेपाल
पृष्ठभूमि
ग्रीनहोप प्रोस्पेक्टिभ एस.डि.एन वि.एच.डी
९ढद्धण्ठढद्ध(ब्० ग्रीनहोप इन्टरनेशनल प्रा।लि। सँग अन्तरसम्बधित कम्पनी
हो । यस कम्पनीले वृहत मानवकल्याणकारी गुरुयोजना अन्तरगत स्वास्थ्य,
हरियाली र सम्वृद्धशाली संसारको निर्माण अभियानमा जुटेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा सफल मानवसञ्जाल व्यापार मलेसियाको बजारमा
पनि राम्रो बजार बनाउन सफल हुनेछ ।
“ग्रीनहोप” नेटवर्क मार्केटिङ्गको क्षेत्रमा लामो अनुभव र सफलता
प्राप्त दक्ष समूहद्वारा सञ्चालित व्यापारिक प्रतिष्ठान हो । सफलताको लागि
अवसरको खोजीमा भौतारिएका
व्यक्तिहरुले यस कम्पनीसँग सहकार्य गरेर आफ्नो सार्थक लक्ष्य हासिल
गर्न सक्नुहुन्छ भन्ने कुरामा हामी पूर्ण विशवस्त छौं ।
संसार प्रकृतिसँग पुनः मित लगाउन लालयित छ । स्वास्थ्य
जीवन र हरियाली समाजका लागि विभिन्न जडिबुटीहरुको खोज, अनुसन्धान
साथै संरक्षण र प्रवद्र्धन गर्दै त्यसको उत्पादन संसारलाई उपलब्ध गराउँदै
अनगिन्ती आयस्रोतको सम्भावना उजागर गर्ने उद्देश्यसहित यो कम्पनी
सन् २०११ मा स्थापित भएको हो । प्रगाढ सामाजिक सम्बन्ध बनाउँदै
वृहत् मानव सञ्जालद्वारा नविन व्यापारिक योजनामा हाम्रा उत्पादनहरुको
बिक्री गर्न हाल “पावर अफ टु” अन्तरगत चार प्रकारको आय योजना यस
कम्पनीले अवलम्बन गरेको छ । यो योजनामा सामेल भई प्राप्त अवसरबाट
जोसुकै व्यक्तिले पनि सुनिश्चित भविष्य खोज्न सक्छ । यस कम्पनीले
“सुनिश्चित भविष्यको लागि सुनिश्चितता” भन्ने नारा सहित व्यावसायिक
अवसरको चिनारी तथा परिचयमा सकारात्मक भूमिका खेलेको छ ।
कम्पनीको विशेषता
– व्यापारको सुनिश्चितता गर्ने ।
– असिमित आम्दानीको अवसर प्रदान गर्ने ।
– व्यक्तिको क्षमताको उचित कदर गर्ने ।
– ा्राहकको स्वतन्त्रताको प्रत्याभूति गरिने ।
– स्वस्थ जीवनको लागि हरियाली समाजको सिर्जना गर्ने ।
– विश्व बजारमा प्रवेश गर्न आवश्यक पूर्वाधारहरु समावेश गरिने ।
भिजन
अथाह श्रोतको रुपमा खेर गैरहेको अमूल्य जडीबुटीको व्यापक
खोज अनुसन्धान तथा बजार प्रवद्र्धन गर्दै विश्व हरियालीको लागि आवश्यक
पूर्वाधार तयार पार्न तथा स्वास्थ्य र समृद्ध विश्व समाजको परिकल्पनालाई
साकार पार्दै आय आजर्नको असिमित सम्भावना पूरा गर्न वैज्ञानिक प्रयोग
गर्ने ।
Vision
To use the scientific technique to create the necessary
infrastructure, healthy, prosperous and green world society
with the use of boundless potentiality of income generation
by promoting research and development on underutilized
natural herbs and resources making them available to the
present world.
मिसन
उच्च स्वस्थ जीवनशैली, आर्थिक सबलता आजको आवश्यकताको
लागि २१ औं शताब्दीको नवीनतम सोच मानवीय सञ्जालको बहुआयमिक
प्रयोगद्वारा विश्व व्यापारीकरण गर्दै समाजका हरेक तह र तप्कासम्म
प्रतिफल पु¥याउने ।
Mission
To provide the people of every rank and file with high
class living standard as per the demand of 21st century of
economic prosperity by globalizing and using the innovative
ideas of MULTI- DIMENSIONAL HUMAN NETWORK.
लक्ष्य
सुनिश्चित भविष्यको लागि सुनिश्चितता
Goal
(Security for Secured Future)
संस्थागत प्रतिवद्धता
“हामी व्यक्तिको क्षमताको उचित कदर गरी लगानीको अन्य
क्षेत्रहरुमा सामूहिक नेतृत्वको अवसर प्रदान गर्दै प्रत्येक ग्राहकको स्वतन्त्रताको
प्रत्याभूतिलाई प्राथमिकता दिइ स्वस्थ जीवन हरियाली समाजको साथै
आमूल परिवर्तनका लागि आय आर्जन वृद्धिदरको सम्भावनाका लागि
व्यापक वैज्ञानिक प्रयोग गर्न प्रतिवद्ध छौं ।”