परिचय

परिचय
ग्रीनहोप हर्वल प्रोडक्सन नेपाल प्रा.लि., नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गत कम्पनी रजिष्टारको
कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट विधिवत् दर्ता भएको मान्यता प्राप्त कम्पनी हो । जसको दर्ता नं. ६९५७३÷०६६÷०६७
रहेको छ । यसको केन्द्रीय कार्यालय का.म.न.पा वार्ड नं.– १०, शान्तिभूमि मार्ग, विजुलीवजार, नयाँ बानेश्वरमा छ ।

कम्पनीको उद्देश्य
नेपाल जडिवुटीको धनी राष्ट्र हो । जैविक विविधता र प्राकृतिक स्रोत साधनको प्रमुख खानी र मुहान् पनि हो । तर
चेतनाको अभावले यी सम्पत्तिहरुको सदुपयोग र वजारीकरण हुन सकिरहेको छैन । ग्रीनहोप हर्वल प्रोडक्सन नेपालले
यी र यस्ता अमूल्य प्राकृतिक स्रोत र साधनबारे चौतर्फी चेतना प्रवाह गर्दै आइरहनुका साथै नेपाली जनसमूदायलाई
नगदे वालीको रुपमा अडिरखेती तथा जडिवुटी लगायत व्यवसाय गराई आत्मनिर्भर साथै स्वाभिमानी नागरिक वनाउने
महान् अभियानमा जुटिरहेको छ । यसले लाखौं युवाहरु विदेश पलायन हुने दुर्भाग्यपूर्ण र अपमानित नेपाली जिवन समूल
रुपमा नष्ट गरी, स्वदेशमा स्वरोजगार, स्वलम्वन संस्कार र संस्कृतिको जग वसाल्दै पौरखी हातहरुले नेपाललाई आर्थिक
रुपले सवल, सम्पन्न र समृद्ध राष्ट्र वनाउने अभिष्ट बोकेको छ ।
“आज
अडिर खेतीबारे जानकारी
अडिर नामक वनस्पति एक मझौला रुख हुने, नेपालको तराईदेखि पहाडीक्षेत्रसम्म राम्रो विकास हुने, गहिरो जरा जाने तेलहन
प्रजातिको वनस्पति हो । यसको वोट ८ फिटसम्म अग्लो हुन्छ । यो खोलाको किनार, भीरपाखा, जङ्गल फडानी भएको
क्षेत्र, खेतीको लागि अयोग्य जमिनमा पनि राम्रोसँग हुर्किन सक्छ । एक पटक लगाइसकेपछि करिव १२ वर्षसम्म बिना मलजल,
बिना कुनै औषधी, वर्षको ३ पटकसम्म फल दिईरहन्छ । गोढमेल गर्नु नपर्ने र सिधै जमिनमा विऊ रोपेर यसको खेती गरिन्छ
। जनश्रम निकै कम लाग्ने हुँदा रोपण खर्च समेत कम हुन्छ । यसको फलबाट विशेषतः तेल निकालिन्छ । यसको घाँस पात
कुनै जनावरले नखाने भएकोले संरक्षणको समेत कुनै समस्या हुँदैन । विश्वमा भएका तेल दिने दस प्रजाति मध्ये यो पनि पर्दछ
। अडिरको तेलको माग आजको विश्वमा अत्याधिक वढिरहेको छ । हालसम्म विश्वका भारत, चिन, ब्राजिल, लगायत देशमा
यसको खास उत्पादन भईरहेको भएता पनि त्यसबाट आजको विश्वको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । नेपालमा भने
यसको सम्भावना प्रचुर भएता पनि व्यवसायिक रुपमा खेती गरिएको छैन । सन् २०१५ सम्मको माग ९म्झबलम० लाई
हिसाव गर्दा प्रति वर्ष २ मिलियन टन यसको तेलको आवश्यकता छ । तर हालको उत्पादन १.२ मिलियन टन मात्र छ, त्यसैले
उत्पादन र खपतमा धेरै अन्तर देखिएको छ । हाम्रो जस्तो मुलुकमा यसको व्यापक खेती गर्नसके लुव्रिकेन्टको नाममा हुने पूँजी
पलायन रोक्न महत्वपूर्ण योगदान मिल्ने छ ।
ऋबकतयच (अडिर) ईन्डस्ट्रीयल कच्चा पदार्थ हो । एक अमेरिकन ऋजझष्अब िब्दकतचबअतक का अनुसार प्रत्येक
वर्ष यसको माग ९म्झबलम० २५० गुणाले वढिरहेको छ । यसको तेलबाट ११७५ किसिमका उत्पादनहरु वनाउन
सकिन्छ । यसलाई द्यष्य ागभ ितथा द्यष्य मष्भकभ िको रुपमा पनि प्रयोग गरिन्छ । त्यसैले ऋबकतयच इष्
िलाई“हरियो तेल” पनि भन्ने गरिन्छ । यसको खेतीवाट न्यिदब िध्बचmष्लन घटाई अतिवृष्टि, अनावृष्टि जस्ता
प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न मद्दत गर्दछ ।

फसल तयारी र कटिङ्ग विधि
१. फूल फूलेको २÷३ महिना पछि फल पाक्न शुरु हुन्छ । र यो झुप्पाको रुपमा फल्दछ ।
२. २÷४ वटा फल फेदमा पाकेपछि कैचीले पाकेको भाग काट्नु पर्दछ ।
३. पाकेको सबै फललाई एकै ठाउँमा जम्मा गरी कुनै एउटा खाडलमा राख्नु पर्दछ ।
४. खाडलमा माथिबाट खर वा परालले छोपी १२ दिनदेखि १५ दिनसम्म राख्ने त्यस पछि निकालेर घाममा सुकाउने
गर्नु पर्दछ र सुकिसकेपछि फल र बोक्रा अलग–अलग हुन्छ ।
५. फललाई सफा र निफनेर राम्रो बोरामा प्याक गर्नु पर्दछ ।
६. फलबाट निश्केको बोक्रा पनि भविष्यमा प्रयोग गर्न सकिने भएकोले त्यसलाई पनि बोरामा सुरक्षित राख्नु पर्दछ ।
  रोपन गर्ने विधिखनजोत गरी तयार परिएको जमिनमा–
१. भोलि रोप्नु छ भने १२ घण्टा अगाडी पानीमा झिजाएर राख्नु पर्दछ ।
२. १ लाईनबाट अर्काे लाईनको दुरी २÷१ मिटर को हुनु पर्दछ ।
३. पानी पर्दा खाल्डो नपर्ने हिसावले थोरै माटो उठाएर थिग्रिएको विऊ २÷२ वटाका दरले रोप्नु पर्दछ ।
४. रोप्दा करिव माटो न्यूनतम २ सेमी. गहिरो बनाई रोप्नु पर्दछ ।
४. रोपेको १ हप्ता भित्र विऊ उम्रने भएकोले राम्रोसँग रेखदेख गर्नु पर्दछ ।
५. यदि १० दिनसम्म विरुवाको टुसा उम्रिएन भने त्यहि ठाउँमा पुनः २÷२ वटाका दरले रोप्नु पर्दछ ।
६. ६ पात सम्म विरुवा भैसकेपछि यदि कमजोर विरुवासँगै छ भने उखालेर फाल्नु पर्दछ ।
७. २÷२ वटा रोपे पनि राम्रो विरुवा राख्ने नराम्रो उखालेर फाल्ने आम्दानी÷खर्च विवरण (प्रति वर्ष
 ।
आम्दानी÷खर्च विवरण (प्रति वर्ष
प्रति एकड (८ रोपनी÷१२ कठ्ठा)
जोताई खर्च एक पटक रु. ११००÷–
रोपण खर्च ३ जना रु. १०००÷–
जग्गा भाडा (वाहल) प्रतिवर्ष रु. १२०००÷–
रेखदेख तथा फसल तयारी १२ जना रु. १०८००÷–
विऊ खरिद खर्च रु. २०००÷–
जम्मा खर्च रु. २६९००÷–वार्षिक उत्पादन–९ टन
आम्दानीवार्षिक आम्दानी ९ह्३००००.२,७०,०००÷–
(हालको न्यूनतम फसल खरिद मूल्य प्रति टन रु. ३०,०००÷–)
आम्दानी
खर्च

सावधान
१. यसको फसल सुरक्षित स्थानमा राख्नु पर्दछ ।
२. वोरा प्याक गरेपछि राम्रोसँग बाँध्नु पर्दछ ।
४. यो दाना विषादी वनस्पती प्रजातीको भएको हुँदा कसैले पनि
मुखमा चपाउनु खानु हँुदैन साथै बालबालिकाले नभेट्ने ठाउँमा
राख्नु पर्दछ ।
५. कुनै पनि जिवजन्तु पशुपन्छीलाई समेत खुवाउन निषेध छ ।

हाम्रा प्रतिवद्धताहरु

१. ईच्छुक कृषकहरुलाई उच्च गुणस्तरको विऊ सःशुल्क
उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
२. अडिरको विऊ न्यूनतम प्रति टन ३०,०००।— का दरले
खरिद गरी बजारको पूर्ण ग्यारेन्टी गर्दछौं ।
३. खेतीकालागि आवश्यक प्रविधि (तालिम, प्रशिक्षक आदि)
समुहगत रुपमा निःशुल्क उपलब्ध गराउनेछौँ ।
४. किसानहरु सँग लिखित रुपमा सम्झौता गरी विऊ
वितरण तथा उत्पादन खरिद गर्ने प्रचलित करार ऐन
२०५६ अनुरुप कागज गरिने छ ।

खेती गर्ने तरिका
नेपालको खास गरी तराई तथा मध्य पहाडी
क्षेत्रमा वर्षा ऋतुमा एक पटक राम्रो वर्षा भई
जमिन चिसो भएको अवस्थाको जमिनमा एक
विरुवाबाट अर्काे विरुवाको दुरी १ मिटर र
एक लाईनबाट अर्काे लाईनको दुरी २ मिटरको
फरक हुने गरी विऊ रोपिन्छ । विऊ रोप्ने
समयमा प्राविधिक व्यक्तिसँग परामर्श गरी
रोपण गरेमा माथि उल्लेखित किसिमको उत्पादन
लिन सकिन्छ । यसरी रोपण गर्दा प्रति हेक्टर
६ के.जी. विऊको आवश्यकता पर्दछ ।

किसानहरुले ध्यान दिनुपर्ने कुराहरु
१) अडिरको ज्थदचष्म प्रजाति अन्य स्थानीय प्रजाति भन्दा केही संवेदनशील हुने हुदाँ विउ रोप्नु भन्दा पूर्व माटो
तैयारी गर्दा माटोमा पूmराडोन जस्ता किटनासक औषधि आधा के.जी. प्रति कठ्ठाको दरमा छर्ने ।
२) विरुवा अवस्थामा शंखेकिराले पुरै बोट खान सक्ने भएकाले सो देखिएमा नुन पानी स्प्रे गर्ने ।
३) विरुवा ठूलो भई सक्दा पनि झूसिलकीराले पात खान सक्ने हुँदा मेटासिड जस्ता किटनाशक औषधि वोटमा
स्प्रे गर्ने ।
४) फूलेको वा फलेको झुप्पामा किराहरुले नोक्सान पु¥याएको भेटिएमा कृषि विशेषज्ञ ९व्त्ब्० सँग परार्मश गरी
रोगर, अनुमाईल जस्ता किटनासक औषधि छर्ने ।
५) रसायनिक मलको प्रयोगले माटोमा उर्वराशक्ति क्षीण भएको अवस्थामा विरुवालाई बढ्न चाहिने तत्व माटोमा
कम हुने हुँदा विरुवा बढ्न नसकि बिरामी अवस्थामा देखिएमा विऊ रोपण गरेको १५ दिन पछि प्रत्येक विरुवाको
करिव ३ ईन्च टाढा गोलो घेरा वनाई ४०% नाईट्रोजन ९ग्च्भ्ब्०र ६०% फसफोरस (म्ब्ए) मिसाई १०÷१०
ग्राम जति चारैतिर राखी माटोले पुरिदिने ।
६) विरुवा सानो भएको अवस्थामा एक दुई पटक गोडमेल गरी जमिन नाङ्गो वनाउने ।
उपरोक्त विधि अनुसार को उपचार गर्नाले अडिर प्रजाति २ महिनामा नै फूल खेल्दछ ।

अध्यक्षको सन्देश
प्रिय किसान मित्रहरु
नमस्कार, अभिवादन
“ग्रीनहोप हर्बल प्रोडक्सन नेपाल प्रा. लि. को प्रमुख उद्देश्य नविन कृषि तथा व्यापारिक अवधारणा” बाट नेपाली समुदायको उत्कृष्ट स्वास्थ्य,
सौन्दर्य साथै आर्थिक सबलता, सम्पन्नता, सिर्जनशिल र सुन्दर समाज निर्माणको परिकल्पना हो ।
हामी मानव संजालको सफल प्रयोग र पद्धतिद्धारा सशक्त स्थायी मानव जिवनलाई सुखी खुशी राख्न चाहन्छौं । अस्थायी प्रलोभन साथै बाहिरी
आडम्बर देखावटी र असत्यका विरुद्ध व्यवहारिक सत्य, दुरगामी परिणाममा आधारित हाम्रो व्यावसायिक अभियान हो । संयुक्त प्रयास तथा
अथक परिश्रम सम्पूर्ण त्याग उपलब्धिको मूल मान्यता हो । आपसी सहयोग र एकता जिवन विकासको अनिवार्य सर्त र नियम हुन ।
ग्रीनहोप हर्बल प्रोडक्सन नेपाल प्रा. लि. यहि तथ्य सत्यको जगमा आधारित “आर्थिक तथा समय स्वतन्त्रताको” महायज्ञमा निरन्तर क्रियाशिल
कटिबद्ध र प्रतिबद्ध रहेको छ ।
स्वागत गर्न चाहन्छु, आउनुहोस् आफ्नो पुरुषार्थ र अन्तरहृदयबाट यस अभियानलाई सिचिंत गरौं । सार्थक लक्ष्य प्राप्ति गर्न हाम्रो महान् “आर्थिक
आजादीको” मूलधारमा सुत्रवद्ध होऔं । मानवजातिको कल्याणकारी कार्यमा पवित्र आत्माबाट जुटौं ।
स्थायी प्रकृतिको आम्दानी, बजारको पूर्ण ग्यारेन्टीका साथ खेर गईरहेको जमिनलाई उपयोग गर्दै न्यूनतम् लगानीमा अत्याधिक अँम्दानी हुने अडिरको
खेती व्यवसायिक रुपले गरौं विश्व वातावरणलाई स्वच्छ, सफा र सुन्दर हरियाली वनाउ“दै प्राकृतिक प्रकोपबाट समेत धर्तीको रक्षामा जुटौं ।
पौरखी हातहरु विदेशलाई होइन नेपाललाई सिङ्गार्न तथा स्वाधिन अर्थतन्त्र नेपाल निर्माणको अभियानमा लामवद्ध होऔं ।
अन्तमा सबै नेपालीको उज्जवल भविष्यको लागि मेरो व्यक्तिगत साथै ग्रीनहोप हर्बल प्रोडक्सन नेपाल प्रा. लि. परिवारको तर्पmबाट शुभकामना
व्यक्त गर्दछौं ।
ूऋयmभ इलअभ क्तबथ ँयचभखभचू
तेज बहादुर गुरुङ
(अध्यक्ष)
ग्रीनहोप हर्बल प्रोडक्सन नेपाल प्रा.लि.